फागुन २३ काठमाडौ – कुनैपनि हातहतियार सहित खुलेआम हिडनु कानुन अनुसार प्रतिबन्ध छ। अहिले यतिबेला सामाजिक संजालमा जनप्रतिनिधि नै बन्दुक बाेकेर खुलेआम हिडेकाे तस्बिर सार्वजनिक भएको छ।

उनी हुन जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत। गत २०७४ काे स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। अध्यक्ष बस्नेत माेटरसाइकलमा बसेर बन्दुक बोकी उनकाे नजिकै रहेका एक जना पुरुषसंग कुरा गरिरहे जस्तो तस्बिर सामाजिक संजालमा सार्वजनिक भएको छ।

अध्यक्ष बस्नेत हतियार सहित खुलेआम हिडेपछि उक्त तस्बिर विभिन्न सामाजिक संजाल प्रयाेगकर्ताले सार्वजनिक गर्दै जनप्रतिनिधिकाे आलाेचना गरिरहेका छन।

उक्त विषयमा वास्तविक तथ्य बुझन जनसहारा अनलाइनले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा सम्पर्क गर्दा उक्त घटनाबारे प्रहरी कार्यालय बेखबर रहेकाे भन्दै अब अनुसन्धान गरिने जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म उक्त विषयबारे जिल्ला भित्रका कुनैपनि प्रहरी युनिटलाई जानकारी नभएको र अब यहि फाेटाे समेतलाई अध्ययन गरि कुसे गाउँपालिका मताहतकाे प्रहरी युनिटलाई तत्काल अनुसन्धानकाे आदेश दिएकाे बताएको छ।

जनसहारा अनलाइन संगकाे कुराकानीमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका एक प्रहरी अधिकृतले भने; “अहिलेसम्म कुनै जानकारी आएकाे थिएन, जानकारीकाे लागि जनसहारालाई धन्यवाद, जाे काेहि भए नि खुलेआाम हातहतियार सहित हिडन मिल्दैन के प्रयाेजनकाे लागि यसरी खुलेआम हिडियाे र इजाजतपत्र छ वा छैन यद्यपि इजाजतपत्र भएपनि यसरी खुलेआम हिडन भने मनाही हुन्छ, अब हामीले त्यस क्षेत्रकाे प्रहरी युनिटसंग तत्काल सहकार्य गरेर अनुसन्धान गर्छौ।”

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार