फागुन २२ सल्यान – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र ) प्रथम बागचाैर नगर सम्मेलन आइतबार सम्पन्न भएको छ।

उक्त सम्मेलनबाट महासंघकाे नगर कमिटी अध्यक्षमा बिरबहादुर वलीलाई चयन गर्दै ५५ सदस्यीय नगर कमिटी चयन गरिएको छ।

जसकाे उपाध्यक्ष द्वय वीर बहादुर भण्डारी र सेतिराम अधिकारी , सचिवमा धनराज बुढाथोकी ,सह सचिवमा द्वय चेतना भण्डारी र सराेज डाँगी, काेषाध्यक्ष लिला बहादुर भण्डारीलाई चयन गरिएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार