फागुन २२ काठमाडौ – नेपाली कांग्रेसको १४ औँ अधिवेशन अन्तर्गत बाराकाे जिल्ला अधिवेशनमा शनिबार हुँदै गर्दा विवाद भएपछि खसेकाे मतपत्र जलाइएको छ।

सभापति पदका  उम्मेदव राजेश राय यादवले  जबरजस्ती अरुको मत खसाउने गरेको भेटिए पछि खसेको मतपत्रलाई बदर गरि जलाउने काम गरिएको नेपाली काँग्रेस कलैया उपमहानगरपालिकाका नगर सचिव मुकेश यादवले बताएका छन्।

निर्वाचन क्षेत्र नम्बर ४ को मतदाताहरुको मतपत्र लिएर कलैया उपमहानगरपालिकाको प्रमुख समेत रहेका सभापति पदका  उम्मेदवार राजेश राय यादवले अरुका मतपत्र ल्याएर आफ्नो पक्षमा मत खसाउन थाले पछि विवाद सिर्जना भएको जिल्ला सभापति जयचन्द चौरसियाले बताए।

उक्त मतदान प्रक्रिया धादली पुर्ण रहेकाे भन्दै मतदान प्रक्रिया नै रद गरि आइतबार बैठक बसेर पुन: मतदान प्रक्रिया सुरु गरिने सुचना सार्वजनिक गर्दै  निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार