फागुन १९ बाँके – अटाेमेटिक पेस्तोल सहित तिन जनालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका-१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका-३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।
डुडुवा गाउँपालिका-४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, उक्त पेस्तोलकाे १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोक सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
उक्त स्थानमा गोली पड्किए जस्तो आवाज आएकाे भन्ने सुचनाकाे आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको सुसान्तले चलाएको बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको सिट पछाडि झोलामा लुकाई राखिएको अवस्थामा उक्त हातहतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
पक्राउ परेका दिपेन्द्र अधिकारी गत २०७१ साल यता विभिन्न मुद्दामा गरि ७ पटक अदालतबाट धरौटीमा छुटेकाे समेत खुलेकाे र पक्राउ परेका माथि थप अनुसन्धान गरिरहेको छ भने उनिहरु विरुद्ध मुलुकि फौजदारी संहिता २०७४ काे परिच्छेद ६ काे दफा १३० काे उपदफा २ बमोजिम ७ वर्ष कैद र ७० हजार रुपैया जरिवाना हुने कानुनी व्यवस्थापन रहेकोमा प्रहरी उपरीक्षक अधिकारीले बताए।