फागुन १८ काठमाडौ – आगामी वैशाख ३० मा सम्पन्न हुन लागेकाे स्थानीय तह निर्वाचनमा सहभागीहरुकाे विवरण दाबी विरोधका लागि देशभरका स्थानीय तहमा पठाएको छ ।

सम्बन्धित मतदाताकाे वडाबाट दाबी विरोध सहितको विवरण आएपछि मात्रै आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने निर्णय गर्दै आयोगले मतदाताको नामावली टाँस गरेर गल्ती सच्याउन लागेको जनाएको छ।

आयाेग संग भएको तथ्यांक अनुसार यसअघि २०७४ सालकाे स्थानीय तह निर्वाचन यता मृत्यु भइसकेका, बसाइँ सरेका व्यक्तिको नाम पनि समावेश भएकाे पाइएपछि आयोगमा रहेको मतदाता नामावलीमा त्रुटि हुन सक्ने भन्दै सच्याउन वडास्तरमा टाँस गरि वास्तविक विवरण प्राप्त गर्न याे विकल्प लिएको आयाेगले जनाएको छ।

देशभरका ७५३ वटै स्थानीय तह अन्तर्गतका वडा कार्यालय वा पाएक पर्ने सम्बन्धित वडाकाे ठाउँमा उक्त वडाका मतदाता नामावली शुक्रबार टाँसिने याेजना गरि फागुन २६ गते सम्म मतदाता अद्यावधिक तथा दावि विराेध कार्यक्रम तय गरिएकाे छ। तर परिचयपत्र हराएको वा नष्ट भएकाे हकमा भने फागुन २० सम्म मात्रै निवेदन दिन पाउने आयाेगले यसअघि नै स्पष्ट पारेकाे छ।

आफ्नाे वडास्तरमा टाँसिएको उक्त विवरण अनुसार कसैकाे दोहोरो नाम, उमेर, थर फरक भए दाबी विरोधका क्रममा सच्याउने र मतदाता नामावली अद्यावधिक गर्नु पर्ने भए आयोगलाई आफ्नो विवरणमा कुनै त्रुटि भएमा वडा मार्फत नै इमेल र फ्याक्सकाे माध्यमबाट जानकारी गराउने व्यवस्था मिलाइएको छ।

साथै सम्बन्धित जिल्ला निर्वाचन कार्यालय मार्फत पनि समाधान गर्न सकिने र त्यसकाे लागि पनि आफ्नाे वास्तविक विवरण सनाखत गरि जिल्ला निर्वाचन कार्यालयकाे आधिकारिक ठेगानामा सम्पर्क गर्न पनि आयाेगले निर्देशन दिएकाे छ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार