फागुन १७ रुपन्देही – सेवाग्राहीबाट घुस रकम माग्ने वडा सचिव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले मुद्दा दायर गरेकाे छ।

सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकले विवाह दर्तामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु. ३,०००। घुस लिएकाे भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको ठहर गर्दै मुद्दा दायर गरिएको आयाेगले जनाएको छ।

सिद्दिकलाई घुस बापतकाे बिगो रु.३,००० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम साेम बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।

घुस माग गरेकाे विशेष सूचनाकाे आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नायब सुब्बा सिद्दिकलाई घुस लिइसकेको अवस्थामा गत पुष २ गते नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार