फागुन १६ काठमाडौ – उपभोक्ता समितिबाट घुस रकम माग्ने नगरपालिका प्रमुख सहित कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे टाेलीले नियन्त्रणमा लिएकाे छ।

रौतहट देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहाना बनाई सेवाग्राही सँग ५ लाख घुस मागेकाे र उक्त रकम बुझन कर्मचारीलाई प्रयाेग गरेकाे पाइएपछि नियन्त्रणमा लिएको आयाेगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।

नगर प्रमुखले घुस माग गरिरहेको भन्‍ने सूचनाकाे आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा नगर प्रमुख पटेलका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख (खरिदार, चौथो तह) मुकेश पटेल  र सह-लेखापाल प्रदिप कुमार यादवलाई सेवाग्राहीबाट घुस बापत २ लाख ५० हजार नगद र २ लाख ५० हजारकाे चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित नगर प्रमुखकै कार्यकक्षबाट नियन्त्रण लिई थप अनुसन्धान भइरहेको आयाेगका प्रवक्ता भण्डारीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार