फागुन १५ काठमाडौ – सत्तारूढ दलहरुले एमसीसीलाई अनुमाेदन गर्न खाेजेकाे विकल्प व्याख्यात्मक घोषणा सार्वजनिक गरेका छन।
एमसीसीका विभिन्न ११ बुँदामा विवादित भनिएका विषयमा केन्द्रीत रहेर नेपाल संयुक्तराज्य अमेरिकाको इण्डो प्यासेफिक स्ट्राटेजीलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धनमा बाँधिएको मान्न नसकिने तथा लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने तथा नेपालको संविधानभन्दा माथि कुनै पनि सम्झौता नरहने र विद्यमान नेपालको कानुनअनुसार नै निर्देशित हुने दावी गरेका छन।
गठबन्धनले तयार पारेकाे व्याख्यात्मक घोषणा एासीसी सम्झौताको दफा २.७, दफा ५.२ (ख) ३, दफा ५.२ ख ४, दफा ३.२ (ख), दफा ३.५ र दफा ७.१ का सम्बन्धमा स्पष्ट पार्न खाेजेका छन।
अहिले गठबन्धन लगाएत अन्य दलका नेताहरुले यसरी आफुखुशी बनाएकाे व्याख्यात्मक घोषणा अमेरिकाले स्विकार गर्छ भन्ने के आधार छ भनेर प्रश्न खडा गरेका छन। केही छलफलकाे लागि भन्दै अहिले आधा घण्टाकाे लागि संसद बैठक स्थगित गरिएको छ।
व्याख्यात्मक घोषणाकाे पुर्णपाठ