फागुन १५ काठमाडौ -जबर्जस्ती करणी अभियोग लागेका अभिनेता पल शाह(पुर्ण विक्रम शाह) प्रहरी समक्ष उपस्थित भएका छन।

शाह विरुद्ध किटानी जाहेरी परेकाेल जिल्ला प्रहरी कार्यालय तनहुँमा नै आइतबार दिउँसो उपस्थित भएका हुन। अहिले शाहलाई प्रहरी हिरासतमा राखेर घटना सम्बन्धि साेधपुछ भइरहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

अभियुक्त शाह दिउसो २ बजेतिर प्रहरीको सम्पर्कमा आइसकेकाे र पिडित पक्षकालाई पनि अब बाेलाउने तयारी गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबू रेग्मीले बताए।

शाहबाट बयान लिने काम भइरहेको र अनुसन्धानकाे आवश्यक परे छुट्टै छानवीन टाेली समेत तयार गर्न सकिने र अभियुक्त आफै कार्यालयमा आएपछि अनुसन्धान साेचेकाे समय भन्दा छिटो र सहजै सरु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

शाहलाई प्रहरीले फरार रहेकाे भन्दै खाेजि भइरहेकाे जनाएको थियाे। उनकाे खाेजि तथा साेधपुछकाे क्रममा शनिबार शाहले अभिनय गरेकाे चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौले साेधपुछपछि छाेडेकाे थियाे।

आजै बिहान विभिन्न व्यक्तिगत कारण देखाउदै प्रहरी समक्ष उपस्थित हुन ढिला गरेकाे भन्दै माफी माग्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए।

गत बुधबार नाबालिक एक चर्चित कलाकारले शाह विरुद्ध तनहुँ प्रहरीमा जबर्जस्ती करणी किटानी जाहेरी दिएकि थिइन।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार