फागुन १५ काठमाडौ – जबरजस्ती करणी अभियाेग लागेकना अभिनेता पल शाह( पुर्ण विक्रम शाह) प्रहरी समक्ष आफै उपस्थित हुने बताएका छन।
शाहले माफि माग्दै लेख्छन्; नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद 🙏
यद्यपि उनी कुन प्रहरी कार्यालयमा सम्पर्कमा आउछन त्याे भने खुलाएका छैनन। नाबालिक चर्चित गायिकाले शाह विरुद्ध जबर्जस्ती करणी आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीमा गत बुधबार किटानी जाहेरी दिएकी थिइन्। त्यस यता प्रहरीले शाह फरार रहेकाे भन्दै खाेजि भइरहेको जनाएको थियाे।