फागुन १३ काठमाडौ – प्रतिनिधि सभाकाे बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ।

उक्त बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल गरियाेस भनी अर्थ मन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यक्रम तय गरिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बाेलाएका छन। एमसिसी प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेश भएपछि बोल्न चाहने सांसदलाई छलफलमा भाग लिन दिने संसद् सचिवालयले जनाएको छ।

बिहिबार यहि कार्यतालिका अनसुार बैठक बाेलाइएकाे थियाे। निर्धारित समय भन्दा ढिलाे सुरु भएको बैठक केही समयमै आजका लागि स्थगन गरिएको थियाे भने अर्थ मन्त्री शर्मा भने बुधबार नै पर्वत पुगिसकेका थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार