फागुन ४ काठमाडौ – केटीकाे नामबाट फेसबुक खाेलेर सामाजिक संजालमा उच्छृङ्खल गतिविधि गर्ने एक जना पक्राउ परेका छन।
नेपाल घर भई हाल अध्यनकाे लागि अष्ट्रेलिया रहेकि एक युवतीकाे नाम र फाेटाे प्रयाेग गरेर फेसबुक खाेलि उक्त फेसबुक एकाउन्टबाट अश्लील भिडियो तथा फाेटाेहरु पाेष्ट गर्ने र उनै केटिकाे आफन्तलाई सेयर गरेकाे अभियाेगमा रुपन्देहीकाे बुटवल उपमहानगरपालिका -११ देविनगर बस्ने २५ वर्षिय एलिस भनिने राजन श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्युरोले जनाएको छ।
उनीले विद्युतिय काराेबार ऐन २०६३ बमोजिमकाे कसुर गरेकाे ठहरिएकाले जिल्ला अदालत काठमाडौबाट ७ दिनकाे म्याद थप गरि अनुसन्धान भईरहेकाे ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन अर्यालले बताए।