फागुन ४ काठमाडौ – मजाक (prank) काे रुपमा सर्वसाधारण मान्छेलाई मानसिक तथा शारीरिक तनाव दिने एक युटुबर पक्राउ परेका छन।

सर्वसाधारण व्यक्तिलाई सार्वजनिक स्थलमा मजाक, ख्याल ठट्टा र मस्करीकाे रुपमा भिडियो बनाई युटुब मार्फत सामाजिक मिडिया र सामाजिक संजाल सम्म सार्वजनिक गर्ने युटुब च्यानल Nepali pranksters का संचालकलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्युरोले जनाएको छ।

उक्त युटुबका संचालक झापा बिर्तामोड नगरपालिका -४ घर भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षिय आकाश सेडाई रहेका छन। उनी विरुद्ध विद्युतिय काराेबार ऐन २०६३ बमोजिमकाे कसुर गरेकाे ठहरिएकाले जिल्ला अदालत काठमाडौबाट ७ दिनकाे म्याद थप गरि अनुसन्धान भईरहेकाे ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन अर्यालले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार