फागुन ४ काठमाडौ – प्रहरी नै ग्राहक बनेर अप्रेसन थाल्दा प्रहरीलाई ठुलाे सफलता मिलेकाे छ। ठुलाे धनराशिमा अवैध रुपमन २ किलाे ८०० ग्राम युरेनियम सहित आठ जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भइ काठमाडाैं महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ घर भइ ठमेल बस्ने ४० वर्षीय गोपीलाल दास, सिरहाकै वरियापारपट्टी गाउँपालिका-१ घर भइ ठमेल बस्ने ५५ वर्षीय जिवछनारायण यादव, महोत्तरी घर भइ गोकर्णेश्वर नगरपालिका-७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, भारत बिहार बस्ने ६३ वर्षीय उपेन्द्रकुमार मिश्र तथा ४४ वर्षीय राजु ठाकुर रहेकाे महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ।

विशेष सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय नक्साल र सादा पोशाकमा महानगरीय प्रहरी बृत बौद्ध बाट खटिएको प्रहरी टाेलीले बौद्धस्थित ह्यायत रिजेन्सी होटलकाे कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट उक्त युरेनियम बरामद गरेकाे जनाएको छ।

पक्राउ अप्रेसनकाे लागि सादा पाेसाकमा खटिएको प्रहरी आफै ग्राहक बनेर बार्गेनिङ गर्दा प्रति किलाे ३५ कराेड रुपैयाँमा बिक्री गर्न लागिएकाे समेत खुलेकाे छ। प्रहरी प्रधान कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी पहिला भुपेन्द्रबहादुर खड्का र नवराज महतलाई युरेनियम सहित नियन्त्रणमा लिएपछि उक्त काराेबारमा संलग्न गिराेह नै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुबाट उनिहरुले प्रयाेग गर्दै आएकाे कार र माेटरसाइकल पनि बरामद गरि उनिहरु विरुद्ध  ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएकाे छ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार