माघ २९ सल्यान – जिल्लामा पहिलाे पटक फोटोग्राफी क्षेत्रमा फोटो प्रदर्शनी गरिएको छ ।

‘सक्षम फोटो पत्रकार , गुणस्तरीय फोटो, फोटो प्रदर्शनी र फोटो सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको आयोजनामा सदरमुकाम खलंगा स्थित डाँडागाउँ बाल मन्दिर परिसरमा शनिवार एक दिने फोटो प्रदर्शनी गरिएको थियाे। उक्त फोटो प्रदर्शनीमा करिब डेढ दर्जनबढी जिल्ला स्थितका फोटो पत्रकारले खिचेका करिब ७५ वटा बढी फोटो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष बामदेव केसीले बताए।

फोटाे प्रदर्शनीमा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख पर्यटकिय क्षेत्रहरु समेटिएका थिए। जस मध्ये कुपिण्डे ताल, खैराबाङ मन्दिर, छायाँक्षेत्र मन्दिर, कुमाख लेक, सुन्तला, अदुवा, आलु लगाएत जिल्लामा भएका अन्य धार्मिक तथा पर्यटकिय क्षेत्र, जिल्लाको कृषि तथा पशुपंक्षि, जैविक विविधता, विकास निर्माण, कलासंस्कृति लगाएतका विभिन्न क्षेत्रलाई समेटेर फोटो प्रर्दशनी गरिएको अध्यक्ष केसीले बताएका छन।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार