माघ २९ बाँके – कटुवा पेस्तोल देखाइ विभिन्न घरमा पसि चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जानकी गाउँपालिका वडा नं. ५ बुढियागाउँ बाट १ थान कटुवा पेस्ताेल सहित भारत रुपैडिहाको निबिया स्थित बस्ने २६ वर्षिया डब्लु मनिहार र भारत बाबागन्ज बाबाकुटी स्थित बस्ने २८ वर्षिया निजामुद्दिन कवाडियालाई ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

उनिहरुले बर्दिया बढैयाताल गाउपालिका वडा नं ८ सितबजार स्थितमा बस्ने पर्शुराम सार्कीको घरबाट राति पेस्तोल देखाई ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेको त्यसैगरी माघ १७ गते बाँके खजुरा गाउँपालिका डि गाउँ बस्ने हरी प्रकास बि.क.को घरबाट पनि पेस्तोल देखाई नगद ५० हजार सहित ३.५ तोला सुन र २२० सि.सीकाे पल्सर मोटरसाईकल चोरी गरेर उक्त मोटरसाईकल माघ १८ गते बढैयातला गाउँपालिका ५ नजिकै रहेको पोखरीमा फेला परेको र उनिहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार