माघ २७ काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ।
महोत्तरीकाे पिपरा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष शम्भु प्रसाद यादव विरुद्ध बिहीवार विशेष अदालत काठमाडौमा भ्रष्टाचार मुद्दा दायर गर्दै ३५ लाख बढीको बिगो कायम समेत गरि मुद्दा दायर गरिएको आयाेगले जनाएको छ।
साविक सहोडवा गा.वि.स. वडा नं. ६ हाल पिपरा गाउँपालिका वडा नं. ५ स्थित रहेको ठुलो सुब्बा पोखरी ठेक्का यादवले २०७१ साल भाद्र १ गते देखि २०७६ साल आषाढ मसान्तसम्मको लागि रु.५४,६४,००६।-) भुक्तानी गर्ने सम्झौता भएकोमा यादवले २०७३-१०-०४ सम्मकाे जम्मा रु.१९,४२,८०१।२० मात्र साविक सहोडवा गा.वि.स.लाई बुझाएको र बाँकी रु.३५,२१,२०४।८० नबुझाएको पुष्टि भएकाे सहायक प्रवक्ता भण्डारीले बताए।
ठेकेदार यादव स्थानीय तह निर्वाचन २०७४ काे निर्वाचनबाट आफू वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभावमम पारेर कुनै पनि किस्ता रकम नबुझाई सरकारी रकमको दुरुपयोग गरेकाे ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम दफा ३(१) र दफा ३(१) को खण्ड (छ) बमोजिम सजाय हुन तथा हानिनोक्सानी भएको सम्पत्ति रु.३५,२१,२०४।८० सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन समेतको मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर गरिएको सहायक प्रवक्ता भण्डारीले बताए।