माघ २७ काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ औ स्थापना दिवसकाे अवसरमा देशभरबाट माग गरेकाे सन्देशमुलक नारा मध्ये दाङका वसन्त आचार्यकाे नारा उत्कृष्ट भएकाे छ।
प्रतियोगितामा जम्मा २ सय ५८ वटा नारा समावेश भएकोमा त्यसबाट उत्कृष्ट दसवटा नाराहरु छनाेट गरि दसबाट पनि अन्तिम चरणकाे छनाेटमा आचार्याले लेखेकाे “म गर्दिन भ्रष्टाचार, म सहदिन भ्रष्टाचार, मेराे संकल्प सदाचार” नारालाई आयाेगले घाेषणा गरेकाे छ।
माघ २८ गते परेकाे ३१ औ स्थापना दिवसकाे लागि “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” सम्बन्धि सन्देश मुलक नाराकाे लागि आयाेगले आह्वान गरेकाे थियाे। आचार्य पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रमा कलम चलाउदै आएका छन।