माघ २५ कपिलवस्तु – विभिन्न बहानामा लामो समयदेखि ठगि पेशामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा प्युठान झिमरुक गाउँपालिका -६ ताेरबाङका भेडीगोठ बाख्रा फार्म प्रा.लि.चित्लाङ मकवानपुर, कामधेनुगाई फार्म प्रा.लि.खैरेनीपुर चितवन, प्रिसा पशुपन्छी तथा कृषि फर्म प्रा.लि. झिमरुक प्युठान, प्रिंस कन्ट्रक्सन प्रा.लि. काठमाडौ महानगरपालिका -३२ काठमाडौँ, गौमुखी फिड ईन्डष्ट्रिज कपिलवस्तुको प्रोपाईटर बताउने ५० वर्षिय ईश्वरी प्रसाद पोख्रेल रहेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
ठगी मुद्धाको अनुसन्धानको सिलसिलामा पोख्रेलको खोजिरहेकाे अवस्थामा साेमबार बेलुका ८ बजेतिर कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं ५ स्थित वडा प्रहरी कार्यालय चन्दौटाको चेक पोईन्टमा बाग्मति प्रदेश ०१-०२६ च ४००१ नं को TATA H5 कार चढी आउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक धर्मराज भण्डारीले बताए।
कपिलवस्तु नगरपालिका वडानं १ मालटोल स्थित KGN MART पसलमा गत १८ गते पचास हजार बराबरको किराना र कस्मेटिक लगायतको समान किनी आफु कपिलवस्तु बिजयनगर गाउँपालिका वडा नं ४ अन्तरगत रहेको गौमुखी फीड ईण्डष्ट्रीज एण्ड ट्रेडलिंकको प्रोपराईटर भन्दै पोख्रेलले उक्त सामान खरिद गरे वापत दिनु पर्ने रकम माछापुच्छ्रे बैंकबाट भुक्तानि पाउनेगरी रु.५००००।-पचास हजारको चेक दिएपनि उक्त खातामा रकम नभएको पाईएपछी पिडितले ठगी मुद्दा दर्ता भएपछि उनिमाथि प्रहरीले निगरानी बढाएकाे थियाे। पाेख्रेले आफू प्रोपराईटर भएको भनि बताएका फर्महरु पनि भौतिकरुपमा स्थापना र सञ्चालनमा नरहेकाे अनुसन्धानबाट खुलेकाे प्रहरी उपरीक्षक भण्डारीले बताए।
यसअघि नै उनी माथि चारवटा मुद्दा
१) ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मिति २०५७।०६।०१ गते स्थानिय जनतालाई डर त्रासको वाताबरण सृजना गरेको हुनाले सार्वजनिक ऐन अन्तर्गतको मुद्धा दर्ता भएको ।
२) ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा २०६९।०९।१६ गते तत्कालिन साइन डेभलेपमेन्ट बैङकको केन्द्रिय कार्यलयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी म माओबादी नेता जनार्दन शर्मा प्रभाकर हुँ भनि कामको शिलशिलामा १ /२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै नविल बैङकको नक्कली खाता नं.१३१००११७५१३४२ पिडितलाई दिई रु.७,००,०००।– (सात लाख) ठगी गरेको हुनाले ठगी मुद्धा दर्ता भई अनुसन्धान पश्चात जेल चलान भएको।
३) महानगरीय प्रहरी परिसर काठमाण्डौमा २०७३।०८।०७ गते राष्ट्रिय अनुसन्धान बिभागमा जागिर लगाइदिन्छु भनि रू.१,५०,०००।- ठगि गरेको हुनालेमुद्धा दर्ता भई अनुसन्धान भएको ।
४) महानगरीय प्रहरी परिसर काठमाण्डौमा मिति २०७८।०९।०७ गते आफ्नो बैङक खातामा नभएको रकम रु. ५०,००,०००।– (पचास लाख) को चेक काटी दिएकोमा उक्त रकम बैङकमा लिन जाँद चेक बाउन्स भए पश्चात बैङकिङ कसुरमा मुद्धा दर्ता भई अनुसन्धान भएको ।
के के छन उनका ठगीधन्दा ?
१) २०६४/०६५ सालमा दाङ साविक लालमटिया गा.बि.स.हाल राप्ती गाउँपालिका वडा नं.०२ मा साइन्स कलेज स्थापना गर्ने र सो मा जागिर लगाइदिने भनि बिभिन्न व्यक्तिहरूबाट अं.१,००,००,००० (एक करोड ) भन्दा बढी रुपैया उठाई ठगी फरार,
२) २०६५ सालमा कैलाली जिल्लाको धनगढी स्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनि विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूलाई लाखौँ रकम ठगी गरी फरार,
३) पर्सा जिल्लाको विरगञ्जमा देवेन्द्र कुमार कर्णले सञ्चालन गरेको Jagadamba sales trading Pvt. Ltd मा गई आफु Gaumukhi Feed Industries & Trade link Pvt.Ltdको सञ्चालक भएको भनि च्यानल गेट, एङगल तथा रडहरू रू.४७,००,०००।– मा खरिद गरी सो वापत Gaumukhi Feed Industries & Trade link Pvt.Ltd नामको माछापुच्छ्रे बैङकमा रहेको १००१५२४१०४८७८११२ खाता नं.को रकम नभएको चेक मिति २०७८।०३।१३ गते दिई फरार,
४) गोयल कम्पनिको विक्रेता भैरहवाको शिद्धार्थ हार्डवेयरबाट मिति २०७८।१०।०५ गते रू.२३,००,०००।– (तेइस लाख) बराबरको हार्डवेयर सामग्री (पाईप,I-beam, Channel gate) आदि फ्याक्ट्री बनाउन लागेको छु भनि सामान लिई सो वापत Gaumukhi Feed Industries & Trade link Pvt.Ltd नामको कृषि विकास बैङक लिमिटेड प्युठानको खाता नं.०९१९६०१९९५३१७०११ नं.को रकम नभएको चेक दिई फरार,
५) नेपाली सेनाको ठेकेदार हुँ भनि चितवन जिल्लाको टाडीमा सञ्चालित Rijal Food & Beverages Pvt.Ltd बाट मिति २०७८।०७।३० गते Gaumukhi Feed Industries & Trade link Pvt.Ltd को नाममा दालमोट,भुजिया लगायत नमकिनजन्य सामानहरू खरिद गरी सो वापतको भुक्तानीको लागी माछापुच्छ्रे बैङकको रकम नभएको चेक दिई फरार भएको सो बापत कम्पनीले रु.२८,००,०००।– (अठ्ठाइस लाख) को क्षति बेहोरेको,
६) नवलपरासी जिल्लामा रहेको समृद्धि स्टिल कम्पनीमा २५,००,०००। लाख बराबरको सामान दिई रकम नभएको चेक दिई फरार,
७) प्युठान सिमेन्ट कारखानाबाट रू.२०,००,०००।–बराबरको सामान लिई रकम नभएको चेक दिई फरार,
८) गोल्छा अर्गनाईजेसनबाट रू.३०,००,०००।– बराबरको चामल चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिई फरार,
९) काठमाण्डौ जिल्लाको टेकुमा शिव प्रसाद थापाले सञ्चालन गरेको निर्मणी मेशिनरी सप्लायर्शबाट विभिन्न मेसिनरी सामानहरू लिई माछापुच्छ्रे बैङकको रु.१,२७,०००।–बराबरको रकम नभएकोको चेक दिई फरार,
१०) सुनसरी जिल्लाको ईनरुवामा रहेको Namaste Nepal Khadya Udhyog Pvt. Ltd बाट आफ्नो गौमुखि फिड ईन्डष्ट्रीको लागी भनि २ ट्रक मकै लिएकोमा सो बापतको भुक्तानिको लागि कृषि विकास बैंकको रकम नभएको खा ताको रु. २५,२०,०००( पच्चीस लाख बिस हजार रुपैया) को चेक दिई फरार,
पोख्रेलले अन्य ठाउँमा पनि ठगी गरेको हुनसक्ने हुनाले उनिबाट ठगीएका पिडितहरु काेहि भए जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सम्पर्कको लागि पनि प्रहरी उपरीक्षक भण्डारीले अनुरोध गरेका छन।