माघ २४ रुपन्देही – बुटवलमा साेमबार बिहानै सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। भने दुईजना घाइते भएका छन्।

बुटवल उपमहानगरपालिका वडा न.-१२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव निरीक्षक देब बहादुर बिष्टले बताए।

घटना भए लगत्तै ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले दुर्घटनामा परि गम्भीर घाइते २ जनालाई उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएकाे र मृत्यु र घाइते कसैकाे पनि सनाखत नभएको र ट्रक चालक फरार रहेकाे प्रहरी नायव निरीक्षक बिष्टले बताए।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार