भाद्र २२ राेल्पा – गंगादेव गाउपालिकाले आफुु प्रति लागेकाे आराेप प्रति गम्भीर ध्यानाकर्षण भयकाे भन्दै सामाजिक संजाल फेसबुक मार्फत प्रेस विज्ञप्ति सार्वजनिक संगै आराेपकाेे खण्डन पनि गरेकाे छ ।

गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले स्थायी प्राविधिक नवीन डागीलाई हटायर करारमा राखियका सव इन्जिनियर रमेश डागीलाई शाखा प्रमुख बनायकाे भन्दै सामाजिक संजाल तथा विभिन्न मिडियाहरुमा आफुलाई चर्काे आलोचना गरेकाे भन्दै सामाजिक संजाल फेसबुक मार्फत खण्डन गरेकाे बताएको छ ।  विज्ञप्तिमा भनिएको छ  काम छिटो छरितो र सन्तोषजनक काम नगर्ने जुनसुकै कर्मचारीलाई कारबाही गरिने गरेकाे बताइएको छ ।

प्रशासन शाखा प्रमुख शालिकराम बस्नेत र प्राविधिक प्रमुख नवीन डागीलाई लिखित स्पष्टीकरण मागिएकाेेेेमा डागीकाे स्पष्टीकरण चित्त बुझदाे नभयकाले कारबाही स्वरुप हटाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै अध्यक्ष खत्रीको बदनाम गर्ने नियतले पनि सामाजिक संजालमा गालि गलाेज सहित आलोचना गरियकाे भनियकाे छ ।

गाउपालिकाद्वारा सार्वजनिक प्रेस विज्ञप्ति जस्ताकाे तस्तै साभार

प्रेस विज्ञप्ति 
खण्डन गरिएकाे बारे,

गंगादेव गाउपालिकाका बारेमा सामाजिक संजाल फेसबुकमा इन्जिनियरले अध्यक्षले जे भन्यो त्यो नमाने पछि शाखा प्रमुख बाट हटाएर सब इन्जिनियरलाई शाखा प्रमुख बनाएको भनी गरिएको प्रती गम्भीर ध्यानाकर्षण भएको छ । गाउँ कार्यपालिकाले सन्तोषजनक काम नगरे पछि इन्जिनियर नवीन डागिलाइ कार्बाही स्वरूप प्राबिधिक शाखाबाट हटाउने निर्णय गरि कार्यान्वयन गरेको कुरा यथार्थ हो तर सिङ्गो गाउँ कार्यपालिकाले गरेको निर्णयलाइ गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीलाई जवरजस्त बदनाम गर्ने नियतले गरिएको प्रचार प्रती दुख एबम खेद प्रकट गर्द छौ । सामाजिक संजालमा न्यायाधीश बनेर अध्यक्ष ज्युको सामाजिक र व्यक्तिगत जिवनमा गम्भीर असर पुग्ने स्टाटस र कमेन्ट निन्दनीय रहेका छ्न । गाउपालिकाले स्थाइ ,अस्थायी ,सिनियर जुनियर भन्दा पनि सन्तोषजक काम नगरेको खण्डमा गाउँ कार्यपालिकाको बैठक मार्फत कार्बाही गर्ने सबैमा जानकारी गराउद छौ ।

निर्णयगत,
गंगादेव गाउपालिका रोल्पामा कार्यरत प्राबिधिकहरु र प्रशासन शाखा प्रमुखको काम काम कार्बाही सन्तोष जनक नदेखिए पछि मिति २०७७/०३/०६ गते बसेको गाउकार्यपालिकाको बैठकले लिखित स्पष्टीकरण मागेको थियोे । प्रशासन शाखा प्रमुख शालिकराम बस्नेत , इन्जिनियर नवीन डाँगी लगाएत सबै प्राबिधिकले लिखित स्पष्टीकरण बुझाएका थिए । पेश भएका स्पष्टीकरण अध्ययन गर्दा इन्जिनियर नबिन डागिको स्पष्टीकरण संतोषजनक नदेखिएकाले ०७७/०३/८ गते बसेको गाउकार्यपालिका बैठकले कार्बाही स्वरुप इन्जिनियर नवीन डागीलाई प्राबिधिक शाखा प्रमुख बाट हटाइ सव इन्जिनियर रमेश डागी शाखा प्रमुख बनाउने निर्णय गरेको थियोे । प्रशासन शाखा प्रमुख शालीकराम बस्नेत लगाएत अन्य प्राबिधिकको स्पष्टीकरण सन्तोषजनक रहेकाले कार्बाही गरिएको छैन । सहि चुस्त दुरुस्त काम नगरेको पाइएमा कार्यपालिकाले नीति र विधि मार्फत नियमन गर्ने बारे सम्बन्धित सबैमा जानकारी गराउद छौ ।

यहि विषयलाई लियर सामाजिक संजालमा अध्यक्ष खत्रीका विरुद्ध सुझाव,गालि गलाेज,खत्रीका तस्बिरहरूमा व्यङ्ग्य, पालिकाकाे नाममा अनेक पम्पलेटहरु सार्वजनिक भइरहेका छन ।

 

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार