माघ २० दाङ – रातकाे समयमा आफुलाई प्रहरीको प्रहरी नायव निरीक्षक(सई) भन्दै लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका वडा नं.१७ करजाईका २५ वर्षिय छ्याक्ले भनिने अनिल पुन रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गत १७ गतेको राति करिब १० बजेतिर मार्शल पुनमगर र सन्तोष खडका सुत्न भनी आफ्नाे कोठा तर्फ जादै गरेको अवस्थामा घोराही उप-महानगरपालिका वडा नं.१५ भरतपुर आर्मी ब्यारेक नजिक रा ४ प ६३३० नम्बरको मोटरसाईकलमा आएका अपरिचित २ जनाले राेकेर पिडित दुबै जनालाई अपशब्द प्रयोग गर्दै हातपात गरी हामी प्रहरीको सई हो तिमिहरुको खानतलासी गर्नु पर्छ भन्दै पिडितहरुको साथमा रहेको २ थान मोबाईल र नगद रू.४००० जबर्जस्ती डाका तथा लुटपाट गरी लिई फरार भएकाे खबर प्रहरीलाई भए लगत्तै प्रहरी टोलीले खोजतलास तिव्र पारिएकोले उनलाई भेटाउन सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।

बिहीबार पुनलाई संकास्पद रुपकाे अवस्थामा फेला पारी रोकी शरीर खानतलासी गर्ने क्रममा पुनकाे साथबाट लुटेकाे मोबाईल फेला पारेपछि म प्रहरीको सई हो भनी लुटपाट गरेको स्वयमले स्वीकार गरेको गरिसकेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार