माघ २० काठमाडौ – जग्गा नामसारी गरिदिए वापत घुसलिने वडा सचिव नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आगाेगले नियन्त्रणमा लिएको छ।
बाराकाे कोल्हवी नगरपालिका वडा नं. ११ रामपुर्वाका वडा सचिव ना.सु. विनोद प्रसाद शाहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राही सँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले वडा सचिव शाहलाई नियन्त्रणमा लिएको आयाेगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।
वडा सचिव शाहले सेवाग्राहीबाट रु. ३,५००।– घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित कार्यालयबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता भण्डारीले बताए।