माघ १९ काठमाडौ – काेभिड परीक्षणकाे नक्कली PCR रिपोर्ट बनाउने अस्पतालका कर्मचारी सहित ४ जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा धनुषा बिदेह नगरपालिका वडा नं.४ घर भई हाल ललितपुर ग्वार्को बस्ने २५ वर्षिय रोसन कुमार छिट्टान, धनुषा छिरेश्वर नगरपालिका वडा नं.१ घर भई हाल गौशाला बस्ने २५ वर्षिय नागेन्द्र यादवा, काभ्रेपलान्चोक तेमाल गाउँपालिकाक ५ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं.५ सल्लाघारी बस्ने २९ वर्षिय माधव मैनाली र सर्लाही बलरा नगरपालिकावडा नं.७ घर भई हाल भक्तपुर कौशलटार बस्ने २४ वर्षिय प्रसन्न कुमार झा रहेकाे महानगरीय अपराध महाशाखाले जनाएको छ।
भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. बाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने PCR रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली PCR रिपोर्ट बनाईदिने गरेको भन्ने बिशेष सूचनाको आधारमा मङगलबार बिहान करिब साढे १० बजेतिर नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली PCR परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ परेका हुन।
भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलबाट उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई पक्राउ गरेकाे हाे। काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडीबाट र अस्पतालको ल्याबमा पुग्दा सोही ल्याबका कर्मचारी माधव मैनाली पक्राउ परेका हुन।
सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाट PCR TEST Negative भनि उल्लेख भएका ४ थान नक्कली PCR परीक्षण रिपोर्ट सहित दुवै अस्पतालका ल्याबबाट PCR रिपोर्ट Generate गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र PCR TEST दर्ता रजिष्टरहरु समेत बरामद भएको छ।
फरार रहेका ल्याबका सञ्चालकहरु रौतहट राजदेवी नगरपालिका ४ बसतपुर घर भई हाल भक्तपुर दुवाकोट नागरिक कम्युनिटी अस्पतालको PCR Lab सञ्चालक अन्दाजी ४० वर्षिय भावेश मिश्र र कान्तिपुर अस्पताल प्रा.लि. को PCR Lab सञ्चालक निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको साथै दुबै अस्पतालका PCR Lab हरु सिल गरि PCR सम्बन्धी सबै सेवा तत्काल बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेकाे महाशाखाले जनाएको छ।
अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिना नै नेगेटिभ PCR रिपोर्ट बनाई ल्याबहरुमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो Digital Signature प्रयोग गर्ने त्यसैगरी कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको CT Value तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको र अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने र कसैकाे उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने तथा बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई PCR रिपोर्ट Negative बनाइदिने भनि प्रति व्यक्ति रु. १० हजार सम्म असुल गर्ने र QR Code बाट Scan गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै Report बनाउने गरेको महाशाखाले जनाएको छ।