माघ १८ साेलुखुम्बु – कार्यालय भित्र प्रवेश गरि कर्मचारीकाे कार्यकक्षमा पुगि कर्मचारी माथि दुर्ववहार गरेकाे आराेपमा ६ जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी साेलुखुम्बुका जिल्ला सदस्य एवं सोताङ र महाकुलुङका इन्चार्ज २४ वर्षिय माधव कुलुङ सहित अन्य ५ जना रहेकाे र अन्य १८ वर्षभन्दा कम उमेरका भएकाले सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएको छ।
कुलुङकाे नेतृत्वमा नौ जनाकाे टाेलीले साेमबार दिउसाे करिब १ बजेतिर शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुमा कार्यरत सब–इन्जिनियर पवनकुमार यादवलाई कालाे मोसो र जुत्ताको माला लगाएका थिए।
घटनापछि फराहर रहेका उनीहरूलाई सदरमुकाम आसपासबाटै पक्राउ गरिएको र अन्य तिनजना अझै फरार रहेकाे जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका प्रमुख प्रहरीले नायव उपरीक्षक कवित कटुवालले बताए।
उक्त विद्यार्थी संगठनले महाकुलुङ गाउँपालिकाका ६ वटा विद्यालय भवन पुनःनिर्माण गर्ने क्रममा सब–इन्जिनियरहरू पवनकुमार यादव र नवीनकुमार सिंहले आर्थिक भ्रष्टाचार गरेको उक्त विद्यार्थी संगठनले दाबी गरेको छ।
विप्लव नेतृत्वको नेकपाले भ्रष्टाचार गरेकाे भन्दै देशका विभिन्न ठाउँमा धेरै कर्मचारीलाई जनकारबाही भन्दै कार्यालयमा नै माेसाे दलाउदै आएको छ।