माघ १८ काठमाडौ – राष्ट्रिय जनगणना २०७८ काे तथ्यांक गलत भएकाे देशभरि नै टिकाटिप्णी भइरहेका बेला सांसदहरुले पनि उक्त तथ्यांक गलत भएकाे धारणा राखेका छन।

मङगलबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा सांसदहरु कांग्रेस सांसद प्रमिला कुमारी राई, एमालेका सांसद सुरेन्द्र पाण्डे लगाएतले उक्त गणनाले देखाएको तथ्यांक गलत भएकाे बताउदै पुन: जनगणना गर्नुपर्ने समेत बताएका छन।

कांग्रेस सांसद राईले आफू उक्त तथ्यांकमा नभएको र उनकाे टाेलमा नै गणकहरु नगएको बताएकि छन। जनगणना बारे आफुलाई सामान्य कुरा थाहा भएको हुदा घरमा किन आएन भनेर साेचिरहदा टाेलबासीहरुले पनि उस्तै कुरा गरेपछि हामी जस्ता धेरै छुटेका छन भन्दै फेरि जनगणना गर्नेपर्ने बताइन।

त्यसैगरी एमालेका सांसद पाण्डेले काठमाडौंको जनसंख्या तथ्यांबाट नै उहीँ र गलत स्पष्ट हुने बताएका छन। सांसद पाण्डेले उनले काठमाडौंको देशभरि नै सबै भन्दा बढी जनसंख्या भएकाे हुदा काठमाडौमा समेत धेरै कम तथ्यांक आएकाे हुदा गलत भएको बताएका छन।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार