माघ १७ सल्यान – सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक आइतबार सल्यान खलंगामा सम्पन्न भएको छ।

उक्त बैठक नेपाली कांग्रेस सल्यानका सभापति केश बहादुर बिष्टकाे अध्यक्षता तथा नेकपा एकीकृत समाजवादी का केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाकाे उपस्थिति भएकाे हाे।

बैठकले गत १२ गते सम्पन्न राष्ट्रिय सभाकाे निर्वाचनमा कर्णाली प्रदेशबाट गठबन्धन तर्फबाट विजय भएका राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहरा (सल्यान), दुर्गा गुरुङ र नरबहादुर बिष्ट (सुर्खेत) शुभकामना दिने निर्णय गर्दै टुंगिएको छ।

साेहि बैठकमा उपस्थित राष्ट्रिय सभाका सदस्य बोहराले कर्णाली प्रदेशको विकासमा आफ्नो कार्यकालमा सक्दो भूमिका खेल्ने बताउदै  विकास र जनजीविकाका सवालमा सकेसम्म साझा भएर आफ्नो भूमिका निर्वाह गर्ने र विजयी बनाउन सहयाेग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृति बहादुर पुन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य भद्र सिंह बुढा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मान बहादुर मल्ल लगाएत सत्तापक्षमय पाँचदलिय गठबन्धनका नेताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार