माघ १५ रुपन्देही – गत चार दिन अघि बेवारिसे अवस्थामा भेटिएकाे एक महिला र बालिकाको शवकाे पहिचान अझै हुन सकेकाे छैन।
गत ११ गते बिहान रुपन्देही देबदह नगरपालिका अन्तर्गत घाेडाहा जंगल पुर्व पश्चिम राजमार्गकाे दक्षिण पट्टी एक महिला र एक बालिका मृत भेटिएका थिए। त्यस यता अहिलेसम्म उनिहरुकाे पहिचान हुन नसकेको हुदा ईलाका प्रहरी कार्यालय बुटवलले पहिचानकाे लागि सहयाेग गर्न सबैमा अनुरोध गरेकाे छ।
मृत भेटिएकि महिला अन्दाजी ३४/३५ वर्ष र बलौज, राताे जाकेट र पातलाे शरीर भएकि छन भने उनी संगै मृत फेला परेकि बालिका अन्दाजी ५।६ वर्ष र निलाे पाइन्ट, गुलाबी रङकाे सेन्डिल, पहेँलो छिर्केमिर्के रङकाे सट र राताे टाेपी लगाएकि छन। उनी दुवै जना तराई मुलकाे जस्तो देखिने ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

उनीहरु आमाछाेरी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुवै जनाकाे शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकाे शव गृहमा राखिएको र पहिचान गर्ने जाे काेहिले ईलाका प्रहरी कार्यालय बुटवल वा नजिकैको प्रहरी कार्यालयमा समेत जानकारी गरि सहयाेग गर्न प्रहरी नायव उपरीक्षक केसीले बताए।