माघ १४ दैलेख – कार्यालय भित्र पुगि कर्मचारीलाई अभद्र व्यवहार गरेकाे आराेपमा ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा दुल्लु नगरपालिका वडा नं.०९ बस्ने २५ वर्षिय नगेन्द्र भण्डारी, साेहि ठाउँबा २६ वर्षिय हरीष कुमार भण्डारी, ५० वर्षिय कृष्ण भण्डारी, २५ वर्षिय ईश्वर भण्डारी, १९ वर्षिय हिमाल भण्डारी र एक जना बालक रहेकाे हुदा उमेरहदका कारण सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नाउव उपरीक्षक भुवनेश्वर शाहले बताए।

बिहीबार बिहान करिब ११:०० बजेतिर दुल्लु नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा कार्यरत वडा सचिव रत्ना कुमारी गिरीले कामकाज गरिरहेको अवस्थामा दस जनाकाे समुहमा आएका उनिहरुले वडा सचिव गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाई अभद्र व्यवहार गरी कालो मोसो दल्न खोज्ने लगायतका गैरकानुनी कार्य गर्न खोजेकोले पक्राउ गरि जिल्ला प्रशासन कार्यालय दैलेखबाट ७ दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले बताए।

फरार अन्य चारजना विरुद पनि पक्राउ पुर्जी जारी गरि खोजिकार्य भईरहेको र पक्राउ परिसकेका एकजना बालककाे विरुद्ध जिल्ला अदालतबाट ५ दिनकाे म्याद गरि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले बताए।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार