माघ १४ काठमाडौ – विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किदै गरेका एकजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन।
पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–७ बस्ने ३१ वर्षीय मुक्ति खनाल रहेका छन। खनालले वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जनाएको छ।
खनालले फेसबुकमा बनाएकि महिला साथिकाे म्यासेन्जरमा कुराकानी गरी ललाई फकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्वीर र भिडियो प्राप्त गरी उक्त महिलाका आफन्तलाई सार्वजनिक गरिदिने धम्की दिएको उजुरीको आधारमा वैदेशिक रोजगारीबाट फर्कने क्रममा आज विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा ब्यूरोले उनलाई पक्राउ गरेको हाे।
खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले बताए।