माघ १३ माेरङ – छाेराले आफ्नै बुवाकाे हत्या गरेका छन।
बेलवारी नगरपालिका-९ डाँगा बजारका ३५ वर्षीय जय बहादुर खत्रीले बुधवार राती साँढे १० बजेको तिर आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।
घटनाकाे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर घरमा आएका खत्रीले घरायसी विवादमा बुबासंग सामान्य वादविवाद गर्दागर्दै आवेगमा घाँटी थिच्दा बुवा दलबहादुरकाे घटनास्थलमा नै मृत्यु भएको हाे। पक्राउ परेका खत्री माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी नायव उपरीक्षक मञ्जित मुकारुङले बताए।