माघ १० काठमाडौ – नेकपा माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य वर्षमान पुन झन्डै चार महिनाकाे उपचार पछि साेमबार बेलुका स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेता पुनलाई स्वागत गर्न बरिस्ठ नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज लगाएतका नेता तथा कार्यकर्ता पुगेका थिए। पुन संगै उनकी धर्मपत्नी पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पुन फर्किए छन।

विमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै नेता पुनले आफू सचिव भएर काम गरिसकेकाे हुदा अहिले आफू महासचिवको स्वभाविक रुपमा महासचिवको लागि दाबेदार रहेको बताएका छन् । नेता पुनले भने; “मैले दाबेदारी प्रस्तुत गर्दा पार्टी भित्रको सहमतिलाई स्वीकार गर्नुपर्छ तर सबैकाे चासाे अहिले महासचिवमा रहेकाले मेराे विगतकाे पदिय जिम्मेवारी अनुसार स्वत महासचिवमा दावी रहन्छ नै।”

नेकपा माओवादीको ८ औं महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल सहित केन्द्रीय कमिटी चयन गरि सकेपछि पदाधिकारी चयनकाे लागि नेता पुन आएपछि मात्रै पदाधिकारी चयन गर्ने अध्यक्ष प्रचण्डले समेत महाधिवेशनबाट केन्द्रीय कमिटी चयनपछि उदघाेष गरेका थिए। महासचिवकाे लागि नेता पुुन र जनार्दन शर्मा `प्रभाकर´बिच रस्साकस्सी भएकाे सबैतिर चर्चामा छ। तर नेता शर्माले पनि यसअघि दावी रहनु स्वभाविक भएकाे भन्दै पुन आएपछि नेतृत्वमा छलफल गरेपछि मात्रै थाहा हुने प्रतिक्रिया दिदै आएका छन।

नेता पुन दुर्लभ वंषाणुगत जण्डिसबाट ग्रसित भएपछि गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए । बैंककबाट त्यहाकै अस्पतालकाे सल्लाहमा थप उपचारका लागि चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटलमा गएका हुन।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार