माघ १० काठमाडौ – बितेकाे २४ घण्टामा देशभर १० हजार ३१९ जना कोरोना संक्रमित भेटिएका छन्।

पीसीआर विधिबाट १६ हजार ६ सय ५४ र एन्टिजन विधिबाट ४ हजार ५ सय ४७ वटा परीक्षण गरि जम्मा २१ हजार २०१ जनामा परीक्षण गर्दा १० हजार ३१९ जना संक्रमित भेटिएका छन्। याे अवधिमा २ हजार ५ सय ४० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जम्मा संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ हजार ६७६  जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा ३ हजार ६३४ जना, ललितपुरमा ५ सय ८७ जना र भक्तपुरमा ४ सय ५५ जना रहेका छन। आजकाे तथ्यांक संगै देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार