माघ ८ काठमाडौ – नेपालमा बितेकाेे २४ घण्टामा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ।

देशभर २० हजार १ सय ८७ जनाको परीक्षण गर्दा उक्त परिणाममा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस‌ैगरी पछिल्लो समय ओमिक्राेन भेरियन्ट देखिए यता सबैभन्दा बढी मृत्यु हुनेकाे संख्या आजकाे तथ्यांकमा छ।

देशका विभिन्न स्थानमा कोरोना संक्रमणले १६ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा छ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार