माघ ८ काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज बाेलाएकाे सर्वदलीय बैठकबारे आफुलाई कुनै जानकारी नभएको प्रमुख प्रतिपक्ष दल समेत रहेको नेकपा एमालेले बताएको छ।
सामाजिक सञ्जाल मार्फत एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको उल्लेख गरेका छन।
स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको सहमति नहुने हाम्रो धारणा स्पष्ट रहेकाे समेत उल्लेख छ।
सामाजिक सञ्जाल फेसबुकमा एमालेले भनेकाे छ; प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं ।
स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा (एमाले) को किमार्थ सहमति नहुने हाम्रो
धारणा स्पष्ट नै छ ।
विष्णु रिजाल
उपप्रमुख, केन्द्रीय प्रचार विभाग
प्रधानमन्त्री देउवाले बैठकमा तीन तहका निर्वाचनबारे छलफल गर्न शनिबार बिहान साढे ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी स्थानीय तह निर्वाचन र संसद्को गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन।