माघ ६ काठमाडौ – ठुलाे धनराशिकाे अनलाईन मार्फत जुवा खेलाउने १३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभार ३३ वर्षिय सुजेन्द्र थापा, साेहि ठाउँका वडा नं. ६ चोभार बस्ने बर्ष १७ को मनिश थापा, वर्ष १७ को समिर थापा, वर्ष २७ कि कबिता थापा, वर्ष ३० को रबिन खड्का, वडा नं. १० बस्ने वर्ष ४५ को बुद्ध महर्जन, वडा नं.८ पाँगा बस्ने वर्ष २० कि रोजा महर्जन, वडा नं. ८ पाँगा बस्ने वर्ष १९ को साहिल महर्जन, वडा नं. १० बस्ने वर्ष १९ कि हनिशा महर्जन, वडा नं. ९ नगाँउ बस्ने वर्ष ३५ को प्रदिपमान सिंह बस्नेत, बझाङ केदारसिंह गाउँपालिका ५ घर भई हाल किर्तिपुर ५ बस्ने बर्ष १९ को बिनोद ठगुन्ना र सिन्धुपालचोक मेलम्चि नगरपालिका वडा नं.१३ घर भई हाल किर्तिपुर बस्ने वर्ष १७ कि रमादेवि श्रेष्ठ रहेकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ।

उनिहरुबाट विभिन्न कम्पनीका मोबाईल थान-१७, विभिन्न कम्पनीका ल्याप्टप थान-१४, कम्प्युटरको CPU थान- २, Computer Monitor थान-२, राउटर थान-३, Gaming बिवरण लेखिएका रजिस्टरहरु र White board थान-२ बरामद गरिएको छ।

बुधबार कीर्तिपुर नगरपालिकाको बिभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाईन जुवा खेलाउदै गरेको भन्ने गोप्य सूचनाका आधारमा महाशखा बाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला काठमान्डौ कीर्तिपुर नगरपालिका वडा नं -६ चोभार, वडा नं -९ नगाँउ र वडा नं-१० बागभैरब स्थित बिभिन्न घरहरु खानतलासी गर्दा अनलाईन जुवा खेलाई रहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने ल्यापटप,मोबाईल लगायतका बिधुतीय उपकरणहरु सहित १३ जनालाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ।

पक्राउ ब्यक्ति मध्येका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाईन जुवा खेलाउन सम्पुर्ण परिपञ्च मिलाई ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागी कर्मचारीहरु समेत राखेर त्यसरी खटिएका कर्मचारीहरुले Facebook id मार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई Juwa, Fire kiring, River sweeps, River monster, Vegas-X, लगायतका अनलाईन जुवा खेल्न link सेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशि समेत पुरस्कारको रुपमा दिने गरेको पाइएको छ। जुवा खेलाउने ब्यक्तिहरुलाई सोधपुछ गर्दा निजहरुले करिब १० महिना अगाडी देखी महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार