माघ ४ दाङ – ठगी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन
पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका-१५ लालीगुराँस टोल स्थायी ठेगाना भएका ४१ वर्षीय विकाश पुनलाई सोमबार प्रहरीले काठमाडौबाट पक्राउ गरेको छ ।
ठगी कसूर अन्तर्गत मुद्दा दर्ता भई फरार रहेका पुन काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका चोरी र कुटपिट कसूरमा समेत संलग्न रहेको खुल्न आएका पुनले प्रयोग गर्दै आएको प्रदेश ३-०१-०२२ च ०११८ नम्बरको गाडी समेत बरामद गरि थप कारबाहीको लागि साेमबार नै जिल्ला प्रहरी कार्यालय दाङ पठाईएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।