माघ २ काठमाडौ – नेपाल बिद्युत प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सव-स्टेसन पाटन, ललितपुरमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडी घुस रकम सहित पक्राउ परेका छन।

नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग रु. १,४०,०००।–घुस नगद माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइएको टोलीले सव-प्रमुख पहाडीलाई सेवाग्राहीबाट रु. १,४०,०००। रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार