पुस ३०, सल्यान – सल्यानमा रेडियो तहल्काको ट्रान्समिटर चोरी भएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ३ पुतलीबासमा रहेको १०० वाटको ट्रान्समिटर गएराति चोरी भएको स्टेसन म्यानेजर डिल्लीराज रावतले बताएका छन् । ट्रान्समिटर चोरी भएपछि अहिले रेडियोको प्रसारण बन्द भएको छ । चोरी ट्रान्समिटर खोजतलासको लागी ईलाका प्रहरी कार्यालय थारमारेमा उजुरी गरिएको स्टेसन म्यानेजर रावतले बताए ।

उक्त ठाउँबाट रेडियोले करिब अढाई वर्ष यताबाट आफ्नाे रिले प्रशारण गर्दै आएकाे थियाे। चाैकिदार राखिएकाे भएपनि रातमा चौकिदार घर गएकाे मौका छाेपि चाेरी भएकाे हाे। चौकिदारकाे घर देखि माथि डाँडोमा करिब ३०० मिटरकाे दुरीमा टिनको घरमा भएकाे ट्रान्समिटर चाेरी भएकाे स्टेसन म्यानेजर रावतले जनसहारा अनलाइनसंग बताएका छन।

सल्यानको पुर्वी तथा उत्तरी क्षेत्रका साथै रुकुम र जाजरकोटसम्मको स्रोताका लागि रेडियो तहल्का विगत दुई वर्षदेखि पुतलीबासबाट रिले प्रसारण गरिरहेको छ । २०७१ सालदेखि संचालनमा आएको रेडियो तहल्काको मुख्य स्टुडियो भने सल्यान सदरमुकाम खलंगामा रहेको छ ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार