पुस ३० राेल्पा – रुन्टीगढी गाउँपालिका वडा न . ७ मा निर्माणाधिन रहेकाे खानेपानी आयाेजना अलपत्र परेकाे छ।

दलबाङ र बलबाङ खानेपानी आयाेजनाकाे २०७६ अन्तिम तिरबाट काम सुरु भएकाे उक्त खानेपानी आयाेजनाकाे अहिलेसम्म पनि काम सम्पन्न भएकाे छैन। तर उक्त खानेपानीकाे सार्वजनिक बाेर्डमा भने काम सुरु २०७७/२/२० र काम सम्पन्न २०७७/३/२० मिति राखिएकाे छ।

अहिले काम अलपत्र परेपछि पहिला केहि भएकाे कामकाे नमुना समेत हराउदै गएकाे छ । उपभोक्ता समिति मार्फत निर्माण कार्य सुरु गरिएको हाे। उपभोक्ता समिति अध्यक्ष चन्द्र बहादुर पुन हुन। पटकपटक गरि रुन्टीगढी गाउँपालिकाबाट १९ लाख र लुम्बिनी प्रदेश सरकारबाट १२ लाख गरि कुल ३१ लाख बजेट र ५०% जनश्रमदान बाट करिब ४ लाख ६४ हजार बराबरकाे श्रमदान गरि कुल ३५ लाख ६४ हजार बराबरको बजेट भएकाे एक स्थानीय उपभोक्ताले बताए।

तर उक्त खानेपानीको सार्वजनिक बाेर्डमा भने रुन्टीगढी गाउँपालिकाे १९ लाख र जनश्रमदानकाे ४ लाख ६४ हजार गरि कुल २३ लाख ६४ हजारकाे मात्रै सार्वजनिक गरेकाे छ भने लुम्बिनी प्रदेशबाट आएकाे भनिएकाे बजेटकाे कुनै विवरण समावेश छैन। यतिमात्र नभएर वडाबाट पनि बजेट थप गरिएकाे तर स्थानीयलाई एकिन नभएको स्थानीय बताउछन।

कुल १२० घरधुरी लाभान्वित हुने उक्त आयाेजनामा १०८ घरधुरीले १४ दिन श्रमदान गरिसकेका छन। अहिले विवादकाे कारण देखाउदै उपभोक्ता समितिले काम बन्द गरेकाे छ। घर घरमा धारा बनाउने काम अघिल्लो वर्ष पूरा गरे पनि मुख्य पाइप लाइन र शाखा पाइप लाइनहरु अलपत्र छन। अघिल्लो वर्ष बनाएका ती धाराहरु अलपत्र हुदा बनेका मध्ये केहि धारा ढल्ने अवस्थामा पुगेका छन।

अहिले पछिल्लाे समयमा खानेपानीकाे विवादमा राजनीति समेत जाेडिएपछि आयाेजना नै अलपत्र परेकाे छ। आयाेजनाकाे काम सुरु गर्नु पुर्व मुहानकाे टुंगो नलगाएर काम अघि बढाएपछि अहिलेसम्म पनि मुहानकाे टुंगो लागेकाे छैन।

पहिले मुहानबाट उपभोक्ता बस्ती सम्मकाे नाप गर्ने क्रमा पनि उपभोक्तालाई थाहा नदिएर नाप लिन खटिएकाहरुकाले बाटाे नाप्न आएकाे भन्दै झुट बाेलेर खानेपानीकाे मुहान नै एकिन नहुुने गरि काम थालिएकाे उपभोक्ताकाे आराेप छ।

पहिले मुहानबाट काम सुरु गर्नुपर्नेमा मुहानकाे टुंगो नभई घरघरका धारा र पाइप लाइन बिझ्याउनबाट सुरु गरिएकाे काम त्यहि मै सिमित छ। काम पूरा नभई अलपत्र रहेकाे अवस्थामा पनि उपभोक्ता समितिले भने २०७७/३/२२ मा काम सम्पन्न भएकाे सार्वजनिक बाेर्ड राखेकाे छ। पाइपहरु निर्माण स्थलमै अलपत्र छन भने धाराहरुमा टुटी सहितका पाइप समेत जडान गरिएको छैन।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार