पुस २९ रोल्पा – मिलिजुली साना किसान सहकारी संस्था लिमिटेड माडी २ घर्तिगाउँ रोल्पाको तेस्रो साधारण सभा आज घर्तिगाउँमा सम्पन्न भएको छ ।

उक्त सहकारी संस्थाका अध्यक्ष रोहित सिंह घर्तिको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारी संस्थाका साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम २ नम्बर वडा अध्यक्ष ललित घर्तिमगर,रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वलीलगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले सहकारीले किसानका लागि गरेको सकारात्मक कार्यप्रती गाउँपालिकाले सहयोग गरेको बताउदै आय आर्जनमा ध्यान दिन आग्रह गरेका छन । सहकारीले हालसम्म एक करोड ८ लाख भन्दा बढी ऋण लगानी गरेको बताइएको थियो ।

सहकारी संस्थाका उपाध्यक्ष साउनी घर्तिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सदस्य रुपकला घर्तिले गरेकि थिइन।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार