पुस २८ काठमाडौ – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मल बिक्री केन्द्र सल्यानमा कार्यरत तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
मल बिक्रीको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुुसन्धान गर्दा पासवानले लिमिटेडको आधिकारिक खातामा रकम दाखिला नगरी व्यक्तिगत खातामा जम्मा गरेको खुलेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
पासवानले आफ्नो जिम्मामा मौज्दाज रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात मल डेलिभरी गर्नुपर्नेमा सो नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरी सार्वजनिक संस्थाको सम्पत्ति रु. १८,७६,६६४।- बराबरको रासायनिक मल हिनामिना गरेको हुँदा उनकाे उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले पासवानलाई ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम रु. १८,७६,६६४।- (अक्षेरुपी अठार लाख छयहत्तर हजार छ सय चौसठ्ठी रुपैयाँ) बिगो कायम गरी सजाय हुन तथा हिनामिना भएको रु. १८,७६,६६४।- पासवानबाटै असुल गर्नेगरि मागदावी सअित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता रिसालले बताए।