पुस २८ सल्यान – आलु खेतीकाे लागि प्रख्यात मानिने बागचौर नगपालिका १२, बाफुखाेलाका किसानहरुले मलखादकाे अभाव रहेकाे बताएका छन ।
अहिलेको समय बिशेषगरी सल्यान जिल्लाको प्रमुख आलुको लागि प्रख्यात मानिने बागचौर नगरपालिका भित्र पर्ने बाफुखोलामा वर्षेबालीको रुपमा आलु लगाउने समय भएको र आलु लगाउनलाई रासायनिक मल युरिया, डियपी र पोटास आवश्यक पर्ने भएको हुँदा कृषकहरुले नेपाल सरकारको अनुदानमा पाउँने रासायनिक मल अझै आफुहरुले पाउन नसकेको गुनासाे गरेका छन ।
अघिल्लो वर्षहरुमा अनुदानमा मल खरिद गर्ने किसानहरु याे वर्ष भने खेतिकाे समय नजिक आएकाे समयमा पनि मलखाद पाउन नसकेकाे बताउँछन । प्राइभेट कम्पनीको रासायनिक मल महगो मूल्य हालेर किन्नुपर्ने बाध्यता र त्याे पनि प्रयाप्त मात्रामा नपुग्ने भएकाे किसानहरु बताउँछन । किसानहरुले आफ्नो दुखेसो पोख्दै, हाम्रो मुख्य एवम् जिविकोपार्जनको लागि प्रमुख खेती यहीँ आलु खेती हो, यसले उचित किसिमको मलखाद पाएन भने सोचे अनुसारको आम्दानी हुँदैन त्यसैले सम्बन्धित निकायले यस सम्बन्धि तत्काल ध्यान दिन अनुरोध समेत गरेका छन ।
अघिल्ला वर्षहरुमा अनुदानमा मलखाद खरिद गर्ने सहकारी तथा समुहहरु याे वर्ष उक्त समुहहरुले पनि देशभरि नै मलखादकाे अभाव रहेकाले याे वर्ष खरिद गर्न नसकिएपछि मलखादकाे अभाव भएको बताएका छन ।