पुस २६, सल्यान – सल्यानको बागचौर नगरपालिकाको बागचौरमा एकिकृत कृषि प्रयोगशाला सुर्खेत, कृषि विकास कार्यालय सल्यान र बागचौर नगरपालिका कृषि विकास शाखाको आयोजनामा आज माटो जाँच शिविर सम्पन्न भएको छ ।

बागचौर नगरपालिकाको कृषि विकाश शाखाको प्राङ्गणमा आज अर्थात् सोमबार माटो परिक्षण शिविरमा बागचौर नगरपालिका भित्रका कृषकहरुले आ-आफ्नो खेतबारीको माटो जाँच गराई माटोको अवस्थाबारे जानकारी लिएको बागचौर कृषि विकास शाखा प्रमुख हिरादेवी रोकायले बताएकी छिन । उनले सोचेजति किसानहरु नआएको र बागचौर नगरपालिका भित्रका सबै वडाको प्रतिनिधित्व हुने गरि कृषकहरु आएको भए एकदमै राम्रो एवम् कृषकहरुलाई फाईदा हुने कुरा बताईन ।
उनले आ-आफ्नो खेतबारीको माटो जाँच गराउँन बागचौर नगरपालिका वडा नं. १, ५, ७, ८ र बढी ९ नं. वडाका किसानहरु आएको बताईन ।
यस्तै माटो जाँच गर्नका लागि १२९ कृषकले माटो ल्याएको र प्राय कृषकहरुको माटोको रिपोर्ट अमिलिय, तटस्थ र कुनै – कुनैको मात्रै क्षारिय आएको जानकारी दिएकी छन । उनकानुसार अमलिय माटोको लागि किसानहरुले बढि कृषि चुना प्रयोग गर्नु पर्ने हुन्छ भने तटस्थ भएका किसानहरुको चाहिँ खेतीयोग्य माटो नै मानिने बताएकी छन । यसबाट कृषकहरुलाई आफ्नो बारीको माटोको अवस्था जानकारी हुने र त्यसअनुसार खेती गर्न सजिलो हुने बताईन ।

माटो जाँच कार्य एकिकृत कृषि प्रयोगशाला सुर्खेत, कृषि विकास कार्यालय सल्यान र बागचौर नगरपालिका कृषि विकास शाखाका कर्मचारीहरुको सहयोगमा सम्पन्न भएको छ ।

बागचौर कृषि प्रमुख रोकायले कृषकहरुले आ-आफ्नो खेतबारीको माटोको अवस्था (रिपोर्ट) बुझ्नलाई कृषि विकास शाखा बागचौर सम्पर्क राख्न हुन समेत अनुरोध गरेकी छिन ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार