पुस १८ कैलाली – जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नगद सहित पक्राउ गरेकाे छ।

गौरीगंगा नगरपालिका १० बस्ने २६ वर्षिय भुमिराज चौधरी, २५ वर्षिय अरबिन चौधरी, ३२ वर्षिय रमेश कठरिया, २८ वर्षिय ज्ञानेन्द्र कठायत,
कैलारी गाउँपालिका ८ बस्ने ३६ वर्षिय भिकराम चौधरी, ३६ वर्षिय टेक बहादुर साउद, धनगढी उपमहानगरपालिका ८ बस्ने ३६ वर्षि टेकराज खनाल रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आइतबार राति करिब ९ बजेको समयमा धनगढी उपमहानगरपालिका ८ बस्ने टेकराज खनालको घरमा जुवातास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले रु.४२,६८५।– (बयालिस हजार छ सय पचासी) नगद सहित पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार