भाद्र १० नुवाकोट – भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ परेका छन्। नुवाकोटको कोल्फुटार गल्छीबाट प्रहरीले पक्राउ गरेको अस्पतालले जनाएको छ।
मंगलबार भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष अस्पतालको आइसोलेसनबाट भागेका थिए। प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो।
केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो।