पुस १३ काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नाे ३१ औँ स्थापना दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता गर्ने जनाएको छ।

सोमबार एक सूचना जारी गरि आयोग आगामी माघ ८ गते प्रतियोगिता गर्ने बताएको छ। प्रतियोगितामा देशभरबाट कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी जनाउन सक्ने छन। प्रतियोगिता दुई चरणमा हुने आयाेगले बताएको छ। पहिलाे चरणमा आयाेगका मताहतका कार्यालयहरुबाट आयाेजना हुने प्रतियोगिताकाे लागि शिर्षक “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” मा दुई हजार देखि तीन हजार शब्दमा नेपाली भाषामा लेख्नुपर्ने आयाेगले जनाएको छ।

जसका लागि सहभागी हुने विद्यार्थीले आफ्नो नाम, थर, ठेगाना, विद्यालयकाे नाम, अध्यनरत कक्षा र सम्पर्क नम्बर सहित आफ्नाे जिल्लाबाट सम्बन्धित मताहतमा पर्ने आयाेगकाे कार्यालयलाई सम्बाेधन सहितकाे पत्र इमेलमा पठाउन सक्नेछन्। प्रतियोगितामा प्रथम १२००० (१ जना), द्वितीय ९०००(१ जना), तृतीय ७५००(१ जना) र सान्त्वना ५०००(२ जना) लाई पुरस्कार दिइने छ।

त्यसैगरी दाेस्राे चरणमा राष्ट्र व्यापी रुपमा हुने निबन्ध लेखन प्रतियोगिता टंगाल काठमाडौंमा माघ २६ गते हुने प्रतियोगितामा भने विद्यार्थी स्वयंम उपस्थित भई लेख्नुपर्ने र निबन्धकाे शिर्षक उतिबेला नै थाहा दिइनेछ। लेख्ने समय ३ घण्टा निर्धारण गरिने छ। उक्त प्रतियोगितामा प्रथम २५०००, द्वितीय १५००० र तृतीय १००० प्रदान गर्ने आयोगले जनाएको छ।

मताहतका कार्यालयबाट प्रतियोगितामा प्रथम भई राष्ट्र व्यापी प्रतियोगितामा सहभागी हुन काठमाडौ आउने विद्यार्थीलाई र उनकाे एक जना अभिवावकलाई आउन जान तथा खाना बस्नकाे व्यवस्था समेत आयाेगले नै गर्ने बताएको छ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार