पुस ८ काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ कमिटीको अध्यक्षमा पाचथरका हर्कबहादुर नेम्वाङ `मिक्सो´ विजयी भएका छन्।

नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गरेका हुन। उपाध्यक्षमा मणिकर्ण चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन्। सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने।

सह-सचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ विजयी भएका छन्। कोषाध्यक्षमा ९३ मत लिएर रेवतराज पुरी विजयी भएका छन्।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार