पुस १, सल्यान – बाबुराजा कम्प्युटर एण्ड ईङलिस ल्याङगोईज ईनिष्टच्युट प्रा.लि. र बागचौरका स्थानीय युवाहरुको समन्वयमा आयोजित बृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ ।

मंसिर २५ गते देखि सुरु भएको उक्त कार्यक्रम पुस १ अर्थात् आज समापन गरिएको छ ।
उक्त कार्यक्रममा सल्यान जिल्लाकै ठुलो धनराशि रहेको भलिबल प्रतियोगिता पनि रहेको थियो । जसमा रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ९ का खेलाडीहरु रु. १ लाख पुरस्कार सहित प्रथम, दार्मा गाउँपालिका वडा नं. १ खेलाडीहरु रु. ६० हजार पुरस्कार सहित द्वितीय भएका छन ।
खेलमा विवाद ल्याएपछि दुई टिमलाई आवट गरिएसँगै भलिबल खेलको लागि ३० हजारको तृतीय पुरस्कार रद्व भएको थियो ।

यस्तै ब्याडमिन्टन प्रतियोगितामा रु.८ हजार रहेको प्रथम पुरस्कार सुशील थापा मगर, गौराज घर्ती मगर र रु.४ हजार द्वितीय पुरस्कार लोकेन्द्र डाँगी, सन्तोष वली हात पारेका छन ।

स्लो बाईक रेसमा सबैभन्दा धेरै समय २ मिनेट १८ सेकेन्ड ९७ मिनि सेकेन्ड लगाएर कपुरकोट गाउँपालिका ५ रिम का ए वन शर्मा रु.८ हजार ५ सय पुरस्कार सहित प्रथम भएका छन ।

घैटोफोरमा रु.२ हजार पुरस्कार रहेको थियो तर पनि घैटो कुनै सहभागीले फुटाउन सकेका थिएनन् ।

नृत्य प्रतियोगितामा रु.६ हजार पुरस्कार सहित प्रथम प्रतिष्ठा डि.सी. र रु. ३ हजार पुरस्कार सहित द्वितीय आशा गौतम भएकी थिईन ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार