पुस १ काठमाडौँ  – कांग्रेसको केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

खड्का सबैभन्दा धेरै २१२१ मत पाएर विजयी भएका छन्। भने धनराज गुरुङले १९०८ मत प्राप्त गरेर विजयी भएका हुन। विजयकुमार गच्छदारले भने १९०६, चन्द्र भण्डारी १५८०, सुजाता कोइराला ६४४, महेश आचार्य ५८९ र दिव्यश्वरी शाह १३२ मत प्राप्त गरेका छन् ।

गत सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४६८९ मत खसेको थियो । महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार